विश्वका राष्ट्रहरु एक–आपसमा अन्तर सम्बन्धित भए सँगै नयाँ उद्द्यमान किटाणुहरुको तिब्र प्रसारको जोखिम पनि बढेको छ र त्यसका कारण हुन सक्ने बिनाशकारी महामारीको सम्भावना अझ बढ्दै गएको छ । २०१९ बाट विश्वब्यापी रुपमा फैलिएको SARS–COV–2 महामारीले यो विश्वलाई अभुत्पुर्व सामाजिक, आर्थिक र राजनैतिक असर पुर्याएको छ । महामारीको असर स्वरुप भारत तथा खाडी मुलुक र दक्षिण एसियाबाट रोजगारी गुमेका कारण स्वदेश फर्किनेहरुको संख्या पनि अव्यवस्थित रुपमा बढेको छ । अहिलेसम्म नेपालमा SARS Cov–2 को अनुक्रमन सिमित सङ्ख्यामा मात्र भएको पाइएको छ र देशमा फैलिएको COVID19 का strains को उत्पत्ति, क्रमिक बिकास र फैलिने गतीका बारे स्पष्ठ बुझाई नभएको पाइएको छ । भाइरसको सुरुवाती ढाँचा र फैलिने क्रम बारे स्पष्ठ बुझाइले भविश्यका महामारीबारे हाम्रो ज्ञान र प्रतिकृयालाई अझ दृढ बनाउने सम्भावना देखिन्छ ।
हाल नेपालमा उपलब्ध कोभिड विरुद्धको खोपहरु पनि नयाँ आउने variants को तुलनामा कम प्रभावकारी हुन सक्ने हुँदा COVID का variant हरु कहाँबाट उदयमान भएर कसरी फैलिइरहेका छन भन्ने कुरा बुझ्न अति आवश्यक देखिन्छ ।
ईपिडेमिक ईन्टेलिजेन्स परियोजनाको मुल उद्देश्य नेपालमा हाल फैलिइरहेको कोभिड १९ सरुवा रोगको अनुवांशिक अनुक्रमीय (Gene sequencing) अध्ययन मार्फत यस रोगको बारेमा भएको बुझाइलाई थप वृद्धी गर्नु हो । यस परियोजनामा नेपालका तीन स्थानहरु – काठमाडौं, नेपालगञ्ज र विराटनगर – का अस्पतालहरु, भेरी अस्पताल, नेपालगन्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, काठमाडौं, र कोशी अस्पताल, विराटनगर बाट कोभिड १९ का बिरामीहरुको ठुलो समुहलाई लिएर उहाँहरुको अनुमती सहित SARS CoV–2 का नमूनाहरु संकलन गरी तिनको अनुवांशिक अनुक्रमीय अध्ययन (gene sequencing) गरिंदै छ, जसले नेपालमा कोभिड १९ महामारीको उत्पत्ति, संक्रमण तथा असरहरुबारे भएको बुझाइलाई थप वृद्धी गर्ने छ ।
हामी कोभिड १९ का विरामीहरुमा कोभिडको दिर्घकालिन असर तथा लक्षणहरु बारे बुझ्न सहभागीहरुसँग पूनः तीन र छ महिनामा सम्पर्क गर्नेछौं ।
यो परियोजनाले नेपालमा रोग लगाउन सक्ने नयाँ किटाणुहरु र पुराना रोगहरु जस्तै – Dengue, malaria, TB / Typhoid को तिव्र गतीमा अनुक्रमन गर्न देशको क्षमताको बिकास गर्न सहयोग गर्ने छ । साथै भविष्यमा देखा पर्न सक्ने महामारीहरुबाट बचाउने र आणविक निग्रानी गर्ने क्षमताको पनि अभिबृद्धी गर्ने छ ।
ईपिडेमिक ईन्टेलिजेन्स एक साझेदारीतामा आधारित अनुसन्धान परियोजना हो जसका साझेदार संस्थाहरु हुन् – लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिन, सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल, क्याम्ब्रिज विश्वविद्यालय– बेलायत, अक्सफोर्ड युनिभर्सिटी क्लिनिकल रिसर्च युनिट – नेपाल, विराट नेपाल मेडिकल ट्रष्ट, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, भेरी अस्पताल नेपालगन्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं, र कोशी अस्पताल विराटनगर ।